लागूऔषधसहित पाँच जना पक्राउ

0
Shares

काठमाडौं ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो नियन्त्रीत लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू किमडोल बस्ने २८ वर्षीय सुन्तान गुरुङ र काठमाडौं महानगरपालिका(३२ काँडाघारी बस्ने भारत मोदिनीपुरका राहुल दास रहेका छन् ।

सोही ठाउँस्थित लागूऔषध विक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेपाम, फेनारगन र नुर्फिन समेत गरी १ सय ९२ एम्पुल सहित सुन्तानलाई पक्राउ गरेको हो । यसैगरी सोही घटनामा संलग्न राहुललाई लागूऔषध डाईजेपाम, फेनरागन र नुर्फिन गरी ९ सय ४२ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं कीर्तिपुर नगरपालिका(७ बाट लागूऔषध सिरीन्ज ३ सय थान सहित ३ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ५ गौरीगाउँका महेश लामा र पुकार महर्जन तथा ललितपुर महानगरपालिका धोबीघाट बस्ने दिपेश तामाङ रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका(६ गडमे जंगलबाट सिरहा लहान नगरपालिका ५ बस्ने १९ वर्षीय मो।मुस्ताक मियाँलाई डाईजेपाम ३७ एम्पुल, लुपिजेसिक ३७ एम्पुल र फेनारगन ३७ एम्पुल सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले शंका लागि मियाँलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।