परराष्ट्रमन्त्री सोमबार अर्जेन्टिना जाँदै

0
Shares

काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते सोमबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र ९युएन ओएचआर एलएलएस० ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने छलफलकम मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिनुहने कार्यक्रम छ ।

चैत ७ गते अर्जेण्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुनुहुनेछ भने त्यहाँ रहँदा उहाँले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनुहुनेछ । उहाँ चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
रासस