स्कुलबाटै भागेका दुई बालिका भेटिए

0
Shares

सरिता चलाउने, सल्यान ।
गत फागुन २९ देखि हराइरहेका सल्यानका दुई बालिकालाइ प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । शारदा नगरपालिका वडा नम्बर ६ मदमकाँडाका ११ वर्षिय सम्झना नेपालि र १४ वर्षिय वालिका हस्ना रानालाइ कपुरकोटबाट फेला पारि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

२९, फागुनमा पढ्न गएका बालिकाहरु विद्यालयबाटै भागेका थिए । उनीहरुलाइ शनिबार कपुरकोट आएर घर लगिएको हस्नाका बुवा चित्र बहादुर रानाले जनाए । विद्यालयबाट श्रीनगर बजार झरेका बालिकाहरु घर फर्किएपछि अभिभावकले गाली गर्छन् भनेर आmन्तीकोमा जाने भन्दै कपुरकोट तर्फ लागेको बताएका छन् । २९ गते राती विद्यालय ड्रेस र किताव सहित ट्रकमा चढेर कपुरकोट आएका थिए । ट्रक चालकले उनीहरुलाइ कपुरकोटको एक होटलमा बाबुआमा आएमा बुझाइदिनु भन्दै छाडेको प्रहरीले जनाएको छ ।

स्कुल गएका छोरी सम्पर्क वाहिर रहेपछि हुलीया कटाएर खोजीमा लागीपरेको सम्झानाका ठूलो बुवा राम बहादुर नेपालीले जनाएका छन् । सामाजिक सञ्चालमा समेत वालिका हराएको सूचना देखेपछि मदमकाँडा घर भइ हाल कपुरकोटमा निर्माण कम्पनीमा कार्यरत अभिशेक बुढाथोकीले बालिकालाइ एक होटलमा देखेको खबर गरेका थिए ।

प्रहरी चौकी कपुरकोटका इन्चार्ज सई सुरेन्द्र बुढाथोकीले प्रहरीले पनि कपुरकोटमा बालिका रहेको फेला पारेपछि अभिभावकलाइ खबर गरि जिम्मा लगाइएको बताए । उनले बालिकाहरु भागेर आएको थाहा हुँदाहुँदै पनि खबर नगर्ने होटल सञ्चालकलाइ आवश्यक सोधपुछ गरेको थियो । ११ वर्षिय सम्झनाले कक्षा ६ र १४ वर्षिय हस्नाले कक्षा ८ मा मदमकाँडा स्थीत बालशिखा माविमा अध्यन गर्दछन् ।