लोकतन्त्र जोगाई राख्न कांग्रेस एक ढिक्का हुनुपर्छः नेता लेखक

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य रमेश लेखकले लोकतन्त्र जोगाउन कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बैतडीले सुर्नयाको मोतिनगरमा आइतवार गरेको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई चुनाव हारेको चिन्ता भन्दा पनि लोकतन्त्र खतरामा पर्ने चिन्ता रहेको धारणा ब्यक्त गरे ।

कम्युनिष्ट सरकारको गतिविधी देखेर जनतामा निरासा छाएको छ उनले भने “ निकै दुख कष्टका साथ ल्याएको लोकतन्त्र ,संविधान खतरामा पर्ने चिन्ता छ ”

अहिलेको सरकारले सम्बृद्धिको नारा लगाएर मात्रै देशमा सम्बृद्धि आउदैन् डाक्टर सिके रावतसंगको सम्झौता र नेत्रविक्रम चन्द राजनितिवाट प्रतिवन्ध लगाएको कुरालाई संकेद गर्दै उनले भने“सरकारको पछिल्लो गतिविधिले राष्ट्रिय अखण्डता नै धरापमा परेको छ”
कम्युनिष्टहरुले लोकतन्त्रमा कहिल्यै पनि विश्वास नगर्ने भएकोले अहिलेको सरकारले अधिनायकवाद लादिरहेको आरोप लगाए ।

पूर्व भौतिक योजनामन्त्री समेत रहेका नेता लेखकले कांग्रस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भन्दै उनले गुटको मोहवाट टाढा रहेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।