युवालाई विविध अनुभव बाढ्न ‘युथ कन्क्लेभ’ आयोजना हुँदै

0
Shares

काठमाडौं ।
विभिन्न शैक्षिक पृष्ठभूमि र विविध क्षेत्रको प्रतिनिधित्व गर्ने ३ हजार भन्दा बढी युवाको सामुहिक जमघट हुने भएको छ । मंगलबार काठमाडौंको कमलादीमा ‘युथ कन्क्लेभ’ आयोजना हुँदैछ ।

युवालाई विभिन्न पेशा र व्यवसायमा आवद्ध हुन विविध उपाय सिकाउन, सामाजिक गतिविधीमा संलग्न हुन उत्प्रेरित गर्न, जिवनोपयोगी ज्ञान र अन्य अनुभव बाढ्न यस्तो कार्यक्रम तय गरिएको हो । राजनीतिज्ञ, व्यवसायी, कलाकार, प्रविधिविज्ञ सहित सामाजिक अगुवाले युवाका रुचिका ज्ञान र अनुभव बाढ्ने कन्क्लेभ संयोजक राजु टण्डनले जानकारी दिए ।

युवा नेता योगेश भट्टराई, बैंकर अनिल शाह, व्यवसायी सौरभ ज्योति, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, कलाकार संदिप क्षेत्री, क्रिकेटर पारस खड्का, मिस नेपाल श्रृंखला खतिवडा लगायतले कार्यक्रमलाई सम्बोधन गर्ने उनले बताए । यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टण्डनले भने–‘युवालाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपमा मद्दत गर्ने लक्ष्यका साथ यस्तो कार्यक्रम आयोजना हुने भएको हो ।’

यही कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्कालाई एक लाखसहित सम्मान गरिदैछ भने स्वप्न सुमनका साङ्गीतिक प्रस्तुतिसँगै खाना स्टल, गेमजोन तथा विद्यार्थीका अन्य प्रस्तुति रहने बताइएको छ ।