इष्टर्न हाइड्रो पावर भोजपुरको शेयर खुल्ला

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुरको पिखुवा खोलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको संस्थापक शेयर खुला गरिएको छ ।
हाईड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६,७ र ९ वडा तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाईड्रोपावर लिमिटेडले जनाएको छ ।

प्रभावित चार वटा वडाका बासिन्दा प्रतिकित्ता एक सय र प्रभावित क्षेत्र बाहेकका अन्यले प्रतिकित्ता एक सय ५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्ता सम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दिपेन राईले जानकारी दिए ।

शेयर प्रभु बैंक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आइतवारदेखि १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिए ।

हाईड्रो पावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैत महिनाभित्र सञ्चालन ल्याइने कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यो जलविद्युत् जिल्लाको हालसम्मकै सबैभन्दा बढी ५ मेगावाट क्षमताको हो । जलविद्युतर आयोजना करिव रु. एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।