चन्दा माग्दैमा त्रास हुनुहुदैनः डिआइजी शाह

0
Shares

सरिता चलाउने, सल्यान ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश बिक्रम शाहले कर्णालीमा सबैभन्दा सुरक्षा चुनौती विप्लव नेकपा भएकाले त्रास नहुन आग्रह गर्नुभएको छ ।
पछिल्लो समयमा नेकपाको विप्लव समुहले चन्दाको नाम बाट बिभिन्न अपराधिक घटनाहरु भैरहेकाले यस्ता क्रियाकलाप देखि जनता र जनप्रतिनिधिहरु त्रास नहुन आग्रह गर्नु भएको हो ।

शान्ति सुरक्षाको बारेमा जनप्रतिनिधी सँग भेटघाट गर्न सल्यान आईपुग्नु भएका प्रहरी प्रमुख शाहले पत्रकार सम्मेलनमा बोल्दै विप्लव नेकपाले अहिले जनप्रतिनिधि हरुलाई धम्क्याउने गरेको भन्दै सुरक्षामा अलिकती चुनौती थपिएको बताउनु भयो । उहाले भन्नु भयो । “जनप्रतिनिधिहरुले आफुहरुलाई विप्लव समुहबाट चन्दा माग र धम्की आएको हामीलाई गुनासो गर्नुभएकोछ ।”

उहाँले धम्की दिदैमा नडराउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै जनतालाई सुरक्षाको प्रत्याभुति गराउनको लागी सुरक्षा निकाय कडा बनाउने बताउनु भयो । सामान्य कुरा आफै थ्रेड गर्न सकिने भन्दै डिआइजी शाहले भन्नु ( ” उहाँहरू जनताले जिताएका जनप्रतिनिधि हुनुहुन्छ, किन डराउने ?”

प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै उहाँले जनता पनि अग्रसर हुनुपर्ने भन्दै धम्की दिदैमा डराउनु भन्दा अझ जागरुक हुनुपर्ने उहाँले बताउनु भयो ।

प्रहरीले शान्ति सुरक्षाका लागि लागिपरेकाले विप्लव अपराधी भएको भन्दै कार्यकर्ताले गर्ने हरेक काममाथि निगरानी गरिरहेको बताउनु भयो ।

कणार्लीका १० वटै जिल्लामा कुनै पनि अपराधीक घटना हुन नदिन अहिले तिनै तहको प्रहरी एकजुट र सक्रिय भएको भन्दै कानुनले गर्न दिने जुनसुकै काम गर्ने बताउनु भयो । उहाँले भन्नु भयो ।” सरकारले विप्लवका कार्यक्रममाथि प्रतिबन्ध लगाएपछि हामीले गाउँगाउँमा विप्लवका नाममा हुने कामको खोजि गरिरहेका छौँ ।” विप्लवका नाममा कुनै कार्यक्रम कसैले गरेमा पक्राउ गरिने समेत प्रहरी प्रमुख शाहले बताउनु भयो ।