‘जनमत संग्रहको कल्पना गर्न सकिँदैन’

0
Shares

सर्लाही, (नेस)
नेपाली काँग्रेस केन्द्रीय सदस्यीय नविन्द्रराज जोशीले चन्द्रकान्त राउत (सिके राउत) सँग सरकारले गरेको वार्ता सकारात्मक भए पनि जनमतसंग्रहको कल्पना गर्न नसकिने बताउनुभयो।

संबिधानले दिएको अधिकार प्रयोग गरेर देशामा सबै नागरिकले राजनीति गर्ने सक्ने बताउदै उहाँले जनमतसंग्रहलाई काँग्रेसले कदापि स्विकार नगर्ने बताउनुभयो। पुर्व उधोग मन्त्री समेत रहेका नेता जोशीले वर्तमान सरकारले संसद ,संसदीय मान्यता र विधिको शासनलाई मिचेर स्वतन्त्र न्यायपालिका माथी हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले शनिबार मलंगवा आयोजना गरेको जननिर्वा्चित प्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाले मधेस र मधेसी लोकतन्त्र पक्षधर भएकाले ठुलाठुला आन्दोलनको नेतृत्व मधेसले गरेको बताउनुभयो ।

पुर्व मन्त्री जोशीले काँग्रेसका जिल्ला सभापति तथा संघीय सासद नागेन्द्र कुमार यादव, प्रदेश सभा सासद विरेन्द्र कुमार सिंह, उपेन्द्र महतो, श्यामपरी देवी पार्टीका पुर्व सभापतिहरु बासुदेव शरण कोइराला ,अशोक खनाल,भिखारी मंसुर, धिरण श्रेष्ठ तथा पुर्व सासद, नगरपालिका गाउँपालिकाका प्रमुख उपप्रमुख २० वटै स्थानीय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । कार्यक्रम पार्टी जिल्ला सभापति नागेन्द्र रायको सभापतित्वमा संपन्न भएको काँग्रेसले जानएको छ।