राससका संस्थापक श्रेष्ठको निधन

0
Shares

काठमाडौँ ।
राष्ट्रिय समाचार समिति (रासस) का संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार मणिन्द्रराज श्रेष्ठको हृदयघाटबाट आज दिउँसो निधन भएको छ ।

काठमाडौँ महानगरपालिका ताहचल निवासी श्रेष्ठलाई हृदयघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटोमै निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ ८६ वर्षका हुनुहुन्थ्यो । उहाँको अन्त्यष्टि आजै साँझ पशुपतिस्थित आर्यघाटमा गरिनेछ । स्व श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । रामराज पौड्याल, गोविन्द वियोगी र मणिन्द्रराज श्रेष्ठ राससका संस्थापक हुनुहुन्थ्यो ।
रासस