ईलाका प्रहरी कार्यालय सिमराको जीप दुर्घटना

0
Shares

बारा ।
ईलाका प्रहरी कार्यालय सिमराको स्कर्पियो जीप दुर्घटना हुँदा शनिबार दिउसो २ प्रहरी घाइते भएका छन् ।
त्रिभुवन राजपथको अमलेखगञ्जबाट सिमरा तर्फ आउँदै गरेको कार्यालयको ना १ झ १३३२ नम्बरको स्कार्पियो अनियंत्रित भै पल्टिँदा चालक रमेश कुमार झा र प्रहरी जवान खुम बहादुर खत्री घाइते भएका हुन । विपरित दिसाबाट आउदै गरेको मोटरसाइकलाई साइड दिने क्रममा अनियन्त्रित बनेपछि जिप सडकबाट उछिट्एिर जंगलमा पुगेर पल्टिएको थियो ।

प्रहरी निरीक्षक सुबास हमालले प्रयोग गर्ने जिप दुर्घटनामा परेको हो । तर दुर्घनाको बेला निरीक्षक हमाल भने अर्कैै जिपमा सवार रहेका थिए । अमलेखगञ्जमा भएको एउटा कार्यक्रममा सहभागी भएर फर्कने क्रममा निरीक्षक हमाल सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्म पर्साका डिएसपी गौतम कुवरको गाडीमा सवार थिए ।

घाइते प्रहरी जवान खत्रीले जिपको पाङ्गमा हावा कम भएपछि निरीक्षक हमाललाई अर्को गाडीमा राखेर हावा हाल्न जाने क्रममा दुर्घटना भएको जानकारी दिए । तिब्र गतिमा आउदै गरेको एउटा मोटरसाइकललाई साइड दिन खोज्दा दुर्घटना भएको प्रहरी जवान खत्रीले बताए । घाइते प्रहरीको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । अल्पाइन अस्पतालका चिकित्सक डा.रितुकुमार साहका अनुसार घाइते दुबैको अवस्था सामान्य छ ।