भारत लैजाँदै गरेका ६६ थान बाख्रा सशस्त्रले समात्यो

0
Shares

भद्रपुर ।
नेपालबाट भारत तर्फ लैजादै गरेका ६६ थान बाख्रा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाले शनिबार दिउँसो झापा गाउँपालिका ४ बाट अन्दाजी साढे ६६ हजार मूल्य बराबरको बाख्रा पक्राउ गरेको सशस्त्र प्रहरी बल गण नम्बर २ भद्रपुरले जनाएको छ ।

पक्राउ गरिएका बाख्रालाइ तत्काल भद्रपुर भन्सार बुझाइएको सशस्त्रका डिएसपी ओजिस ओलीले जानकारी दिए ।
त्यसैगरी झापाको भद्रपुर,पृथीवीनगर,वनियानी, केचना ज्ञाने चौक लगायतका नाकाबाट दैनिक रुपमा बोराका बोरा मटर भारत तर्फ तस्करी हुने गरेको पाइएको छ ।

सशस्त्र र जनपथ प्रहरीले पटक–पटक सेतो मटर बरामद गरेपछि तस्करी नरोकिएको पुष्टि भएको छ । भद्रपुरका कारोबारीले ज्ञाने चौक लगायत विभिन्न स्थानमा गोदाम राखेर मज्दुर प्रयोग गरी साइकल मार्फत दिउँसै भारत पठाउदै आएका छन् । प्रहरीले चाल पाएसम्म मान्छे छाडेर साइकल र मटर समाउदै आएका छन् ।

शनिबार विहान पनि कारोवारीले मज्दुर मार्फत साइकलमा राखेर भारत पठाउदै गरेको २८ बोरा मटर र साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारओटा साइकलमा रहेको ७ सय किलो मटर भद्रपुर ३ कदम वगानबाट बरामद गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

अन्दाजी बजार मूल्य ७० हजार रुपैयाँ कायम गरि आइतबार भद्रपुर भन्सार कार्यालय बुझाइने वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । तस्करी गर्ने मटर बङ्गलादेशबाट नेपाल भित्र्याएर भारत पठाउदै आएको कारोबारीमा संलग्नको भनाइ छ ।