हुलास स्टिलमा आगलागी , ४० लाख बढीको क्षति

0
Shares

बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा रहेको हुलास स्टिल ईन्ड्रिस्टीज प्रा.लि. को कारखानामाा शनिवार दिउसो आगलागी भएको छ । आगलागीबाट करिब ४० लाख रुपैया बराबरको क्षेति भएको छ ।

हुलास स्टिलको कुलिङ्ग टावरमा अपरान्ह् १२ बजे आगलागी भएको हो । आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । कारखानामा काम गर्ने कर्मचारीका अनुसार कामदारले कुलिङ्ग टाबरमा अचानक आगो सल्किरहेको देखेका थिए ।

नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुरसिमरा उपमहानगरपालिकाबाट आएका बारुण यन्त्र र नेपाल प्रहरी, शसस्त्र प्रहरी र कारखानाका कर्मचारीको सहयोगबाट करिब ४० मिनेंटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट करिब ४० लाख बढीको प्रारम्भिक क्षतीको अनुमान गरिएको कम्पनीका प्रमुख जवाहरलाल आर्यले जानकारी दिनुभयो ।