सिके राउतसंगको सम्झौता राष्ट्रघातिः देउवा

0
Shares

पाल्पा ।
नेपााली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केही समय अघि सरकारले सिके राउतसंग सरकारले गरेको सम्झौता गलत भएको बताउनु भएको छ । सरकारले राउतसंग सम्झौता स्वतन्त्र मधेश लाई स्विकार गरेर संविधान विपरित काम गरेको सभापति देउवाले बताउनु भयो । उहाले राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको समेत टिप्पणी गर्नुभयो ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिवार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले ओली सरकारले एक पछि अर्काे गर्दै निरंकुश तानाशाही शैलीमा सरकार सञ्चालन गरेको वताउदै भन्नुभयो –‘ओली सरकारको एक वर्ष उखान टुक्कामै वितेको छ । यो सरकार बनेको एक वर्ष बितिसक्यो । एउटा पनि महत्वपूर्ण काम भएको छैन । ’उहाले अगाडि भन्नुभयो ‘सरकार अपराधीहरूलाई बचाउने काम गरिरहको छ यही अवस्था हुँदै जाने हो भने मुलुक कहाँ पुग्छ ?’

उहाले सिके राउतले उठाएको स्वतन्त्र मधेशलाई सरकारले बैधानिकता प्रदानगरी राष्ट्रघाती सम्झौता गरेकोले नेपाली काँग्रेस सम्झैताको विरुद्ध आन्दोलनमा जाने सभापति देउवाले चेतावनी समेत दिनुभयो ।

पत्रकार अन्तक्रिया कार्यक्रमा प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता सभापति देउवाले नेकपा माओवादी विप्लप समुह हत्या हिंसा त्यागी वार्तामा आउनु पर्ने र सरकारले पनि वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ‘वार्ताको विकल्प छैन’, उहाले भन्नुभयो– ‘सरकारले वार्ताका लागि आह्वान गर्नुपर्छ । विप्लव हिंसा छोडेर छलफलका लागि आउनुपर्छ।’

विप्लब पार्टी प्रति सरकारको प्रतिबन्द समाधान नभएर वार्ताका माध्यमबाट नै समाधानको बाटो खोज्नुपर्ने सभापति देउवाले बताउनु भयो । सरकारले प्रतिबन्ध खोल्नुपर्दछ, विप्लवले बन्द, हिंसात्मक गतिविधि छोड्नु र शान्ति स्थापनामा सहयोग गर्नुपर्ने सुझाव सभापति देउवाले दिनुभयो । देशमा हिन्दु राष्ट्रका बारेमा उठेको बहसका बारेमा संविधानमा उल्लेखित बिषय नै नेपाली कांग्रेसको आधिकारिक धारणा रहेकाले अहिले कसैले उठाउदैमा कांग्रेस त्यसको पछाडी नलाग्ने सभापति देउवाले बताउनु भयो ।