माईपोखरीका पाँच होटलमा आगलागी

0
Shares

इलाम ।
जिल्लाको पवित्र धार्मिक स्थल माईपोखरीका पाँचवटा होटलमा आज आगलागि भएको छ । सन्दकपुर गाउँपालिकाको माईपोखरी प्रवेशद्धार आसपासमा रहेका चक्र मुखीया, निमदोर्जे शेर्पा, मिङमाल्हमु शेर्पा, कमल मुखीया र लाक्पा शेर्पाको होटल पूर्ण रुपमा जलेर नष्ट भएको हो । ती होटलहरु सबै काठबाट निर्मित थिए ।

स्थानीय चक्रदिप मुखीयाको भान्छा घरबाट आगो सुरु भएको थियो । आगलागिबाट होटल सहित सम्पूर्ण सरसमान एवं गरगहना, पैसा सबै जलेर नष्ट भएको छ । आगलागिबाट एक करोड ४० लाख रुपैंयाँ बराबरको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पिडितका अनुसार चक्रदिप मुखीयाको होटल सहित ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाईएको छ ।

यस्तै निमदोर्जे शेर्पाको पेमु होटल सहित ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन, कमल मुखीयाले संचालन गरेको होटल सहित १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद, १ तोला सुन र १० तोला चाँदी, लाक्पा शेर्पाले संचालन गरेको होटल सहित २९ लाख बढीको क्षती भएका छ भने मिङमादिकी शेर्पाले सञ्चालन गरेको होटल सहित ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन जलेर नष्ट भएको बताइएको छ । दिउँसो साडे १ मा लागेको आगो दुईघण्टा पछि मात्र स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।