जापानी समाजसेवीकोे पाल्पामा नागरिक अभिनन्दन

0
Shares

कविराज नेपाल, पाल्पा ।
आज भन्दा ठीक २५ वर्ष अगाडि १४ मार्चका दिन नेपालमा पदयात्रीको रुपमा नेपाल आएका काजुमासा काकिमी अर्थात ओके वाजेको विहीवार तानसेनमा नागरिक अभिनन्दन गरिएको छ ।

जिल्लामा पहिलो पटक आउदा देखिनै यहाको ग्रामीण भेगका समस्याहरु वुझेर यहाका विभिन्न सामाजिक सेवाको मार्फत जिल्लाको उन्नति प्रगतिका लागि लगातार क्रियाशिल काकिमीको योगदानको कदर गर्दै जिल्ला सदरमुकाम तानसेन स्थित टुडिखेलमा उहाको भव्य सम्मान सहित अभिनन्दन भएको हो । काजुमासा काकिमी ओकेबाजे नागरिक अभिनन्दन मूह समारोह समिति पाल्पाले उनलाई नागरिक अभिनन्दन गरेको हो । अभिनन्दन अघि उनलाई ¥याली सहित नगरको परिक्रमा पनि गराइएको थियो ।

पूर्वी पाल्पाको पाल्पाको ढोलीमाराबाट नागरिकको सेवा सुरु गरेका काकिमी यहाको गरिवी अशिक्षा र पछौटेपन देखेर समाज सेवामा लाग्ने लक्ष्य सहित २५ वर्ष देखि जिल्लामा क्रियाशिल रहेका छन । सुरुमा पदयात्रीको रुपमा आएका ओके वाजे सुरु स्ुारुमा नेपाली वोल्न जान्देनथे जे कुरा गर्दा पनि ओके ओके भनेर जवाफ दिने उनको यही वानीलाई गाउलेले ओके उपनाम दिए र काकिमी यही उपनामले परिचित भए ।

ओकेबाजीले पाल्पाको शैक्षिक र सामाजिक बिकासका लागि महत्वपूर्ण योगदान पुु¥याउँदै आएका छन् । पाल्पाका बिभिन्न बिद्यालयहरुको भवन निर्माण, क्लवहरुको भवन निर्माण, गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुको शैक्षिक बिकास र जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका लागि ओकेबाजीले आर्थिक सहयोग गर्दै आएका छन् ।

सन् १९३९ मा जापानको टोकियोमा जन्मेका उनी त्यहाको एक विद्यालयका शिक्षक थिए । अध्यापन पछि उनी पहिलो पटक सन् १९९३ मा पूर्वी पाल्पाको तत्कालिन जल्पा गाविस स्थित ढोलीमारा गाउँमा आएर पाल लगाएर बस्न थालेका थिए । पछि उनलाई गाउलेहरुले घर नै वनाइदिएर सहयोग गरे भने उनी धेरैजसो त्यही वस्छन । सामान्य खानपान, लुगाफाटोमा देखिने उनी अहिले राम्रो नेपाली र मगर भाषा वोल्छन भने यहाको जनजीवनसँग निकै नजिकबाट परिचित भइ पाल्पालीको सुखदुखको साथी वनेका छन । अझ पनि कतिपय पूर्वी पाल्पाका वासिन्दाले यहाका जनप्रतिनिधी सांसद र ठुला ओहोदाका व्यक्तिलाई चिन्दैनन तर ओके वाजेको काम र उनको योगदानको वारेमा ग्रामीण भेगका प्राय सवै वुढावुढी केटाकेटी र युवा युवतिलाई थाहा छ । जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ओके ओके भनेर समर्थन गरिहाल्ने स्वभाव भएकाले उनी पाल्पालीको मनमनमा ओके वाजेको उपनामले वसिसकेको स्थानीयको अनुभव छ ।
ग्रामीण क्षेत्रमा विद्यालय वनाउन सहयोग गर्ने, खानेपानीको लागि सहयोग स्वास्थ्य चौकी निर्माण खेल मैदान निर्माण लगायतका क्षेत्रमा सहयोग पु¥याएका कारण उनलाई नागरिक अभिनन्दन गरिएको हो । यसैगरी जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर डाक्टर र नर्स वनाउनका साथै गाउगाउमा एम्वुलेन्स सेवा सञ्चालन गर्न पनि ओके वाजेले सहयोग पु¥याउदै आएका छन ।

नागरिक अभिनन्दन समारोहमा नेपाली पोशाकमा उपस्थित भएका असी वर्षीय ओके वाजेले आफूलाई अभिनन्दन गरेकोमा काम गर्न अझ हौसला मिलेको वताए । उनले आफ्नो वाँकी जीवन पनि यसैगरी पाल्पालीको सेवामा विताउन चाहेको वताए । उनको भनाइ थियो –‘नेपालीको लागि केही गर्न पाउनु मेरो सौभाग्य हो ।’

उनकै सहयोगमा अहिले जिल्लाका २ सय बढी बिद्यालयहरुमा पक्की भवन बनेका छन् । सयौ बालक्लवहरुले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाईप्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ओकेबाजीकै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएका छन् । उनले जापानबाट जुटाएर यहाको समाजसेवामा खर्चिदै आएका छन ।

सुरुमा गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरु बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेकोमा अहिले उनको समाजसेवा पछि धेरै परिवर्तन आइसकेको छ । यस अघि पनि जिल्लाको रामपुरमा दुइ पटक नागरिक अभिनन्दन पाइसकेका उनी तेस्रो पटक जिल्ला सदरमुकाममा सम्मानित र अभिनन्दित भएका हुन । यस अघि उनी दर्जनौ पटक पुरस्कृत र सम्मानित भै सकेका छन ।

अभिनन्दन समारोहमा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधी र सर्वसाधारण सहभागि थिए । कार्यक्रममा जापानबाट समेत विद्यार्थी र समाजसेवी आएका थिए ।

जापान जस्तो सुुविधा सम्पन्न देशबाट नेपालमा आइ निस्वार्थ भावले यहाका जनताको सेवामा रातदिन खटने व्यक्तित्वको सम्मान स्वरुप उहालाई अभिनन्दन गरिएको अभिनन्दन मूल समारोह समितिका संयोजक सून्दर श्रेष्ठले वताए ।