पाल्पामा बन्दका कारण परीक्षा स्थगित

0
Shares

पाल्पा ।
पार्टी माथि सरकारले लगाएको प्रतिवन्धको विरोधमा नेपाल कम्यूनिष्ट पार्टी विप्लवले गरेको नेपाल वन्दको प्रभाव विहीवार पाल्पामा पनि पूर्ण रुपमा परेको छ । वन्दको कारण गरिएको आमहडतालको कारण पाल्पाको जनजिवन प्रभावित भएको छ । सदरमुकाम तानसेन बाट कुनै पनि सवारी साधनहरु संचालन भएका छैनन ।

पाल्पाका व्यापारीक पसल, उधोग धन्दा कलकारखाना, शैक्षिक संस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन । छोटो र लामो दूरीका यातायातका साधन नचल्दा यात्रुले सास्ती पाएका छन भने वाहिरबाट जिल्ला भ्रमणमा आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले सास्ती पाएका छन ।

जिल्लामा संचालन भएको वार्षिक परीक्षा समेत वन्दलाइ मध्य नजर गरी स्थगित गरिएको छ । स्थानीय तह स्तरीय कक्षा ८ को परीक्षा लगायत अन्य परीक्षाहरु आगामी शनिवार लिने गरी स्थगित गरिएका हुन ।

सदरमुकाम तानसेन बाहेक, पुर्वमा रामपुर नगरपालिका, आर्यभञ्ज्याङ्ग, ताहु पश्चिममा हार्थाेक, बतासे, छहरा, दक्षिणमा दमकडा, कसेनी, झडेवा जस्ता व्यापारिक केन्द्रहरु पुर्ण रुपमा बन्द रहेका छन ।

तर दुध, तरकारी, प्रेस, एम्वुलेन्स, पानीका सवारी साधनहरु लाई निर्वाध रुपमा संचालन भएका छन । वन्द आयोजक माथि नेै सरकारले प्रतिवन्द लगाएका कारण वन्दकर्ताहरुको कहिकतै सार्वजनिक उपस्थिति देखिदैन तर एक किसिमको त्रास भने व्याप्त छ । जिल्लामा कुनै पनि प्रकारको हिसात्मक र अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ ।