डोटीका तीन स्थानीय तहमा परिवर्तन परियोजना सञ्चालन हुने

0
Shares

विमल विष्ट, डोटी ।
जिल्लाका तीन स्थानीय तहमा परिबर्तन परियोजना सञ्चालन हुने भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा डि.सि.ए को ब्यवस्थापनमा सम बिकास केन्द्र डोटीद्धारा सञ्चालन हुन लागेको उक्त परियोजना डोटी जिल्लाको जोरायल गाउँपालिकाका ४ वटा वडा, केआईसिंह गाउँपालिकाका ४ वटा वडा र शिखर नगरपालिकाका ५ वडामा सञ्चालन हुने सो संस्थाले जनाएको छ ।

स्थानीय स्तरको सुशासन प्रकृयामा सम्पूर्ण नागरिकहरुको अर्थपूर्ण सहभागिता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य रहेको उक्त परियोजना सन २०२२ को डिसेम्बर सम्म सञ्चालन हुने सम बिकास केन्द्रका कार्यक्रम सँयोजक महेश टेलरले जानकारी दिनु भयो ।

उक्त परियोजना अन्तरगत स्थानीय तह तथा समुदायको क्षमता अभिबृद्धि र सहयोगगरि सुशासन सँग सम्बन्धित बिभिन्न कृयाकलापहरु सञ्चालन गरिने छन् । यसै सन्दर्भमा सम बिकास केन्द्र डोटीले आज दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि जिल्ला स्थित सरोकारवालाहरुलाई सो विषयमा जानकारी गराएको छ ।

सम विकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसिको अध्यक्षता तथा कार्यक्रम सँयोजक महेश टेलरको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा परियोजनाको विविध विषयमा डिसिएका कार्यक्रम प्रबन्धक मालती मास्के, कार्यक्रम प्रमुख सुरेन्द्र थापाले परियोजनाको विविध विषयमा जानकारी दिनु भएको थियो ।

उक्त कार्यक्रममा सहभागि भएका जिल्ला समन्वय समितिका प्रमुख रामबादुर ऐर, प्रमुख जिल्ला अधिकारी यादब सुवेदी, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासी तथा गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले परिबर्तन परियोजनाको महत्वको बारेमा चर्चा गर्दै स्थानीय स्तरमा क्षमता बिकास तथा आबश्यक सहयोग गर्दै कार्यक्षेत्रलाई नमुनाको रुप विकास गर्नु पर्ने खाँचो औंल्याउनु भयो ।

उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, कानून ब्यवसायी, पत्रकारहरु तथा लक्षित समुदायको सहभागिता रहेको थियो ।