झापा । झापाको दमक चोक पश्चिममा एक जिपमा अज्ञात समूहले तोडफोड गरेका छन् । पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड गरेको दमक ५ का चालक सुरेन्द्र बस्नेतले बताए ।
इलाका प्रहरी कार्यालय दमक बाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोल पम्प छेउमा भएको उक्त घटनामा गाडिको अगाडिको सिसा फुटेको छ । ‘कोसी पारिबाट विवाहमा सहभागी भएर आउँदै थियौ घर आई पुग्न करिब दुई सय मिटर मात्र बाकि थियो एक्कासि गाडिमा ढुङ्गा बर्सियो’ बस्नेतले भने, ‘ढुङ्गा छिरेर स्टेरिङ्गमा लागेपनि आफूलाई केही भएन ।’
नेकपा विप्लव समूहले बन्द आव्हान गरेकै दिन चोक छेउमै यसरी तोडफोड हुनु दमकको सुरक्षा व्यवस्था फितलो रहेको सर्वसाधारणले बताएका छन् ।











प्रतिक्रिया