ग्यास सिलिण्डर विस्फोट, २ जना घाइते

0
Shares

महोत्तरी । जिल्लाको कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् । घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।