प्युठानमा शकांस्पद बस्तु फेला

0
Shares

प्युठान । जिल्लाको स्वर्गद्धारी नगरपालीको कार्यालय नजिकै शकांस्पद बस्तु फेला परेको छ । स्वर्गद्धारी नगरपालीका वडा नम्बर ४ भिग्रीमा रहेको नगरपालीका कार्यालय अगाडी नै शकांस्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएका छ ।

नगरपालीका कार्यालय अगाडी बिहानै शकांस्पद बस्तु खतरा लेखेर राखिएको सानो क्यान जस्तो देखिने तार जडित बस्तु नगरपालीका कार्यालय अगाडी फेला परेको थियो । शकांस्पलद बस्तु बम होकि अन्य बस्तु हो भन्ने विषयमा एकिन अहिपेनै गर्न नसकिने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

शकांस्पद बस्तु बम हुनसक्नेभन्दै नेपाली सेनाको बम डिस्पोजलको टोली उक्त शकांस्पद बस्तु भेटिएको स्थानमा पुगेको छ । बिप्लब नेतृत्वको नेकपाले गरेको बन्द सगैं शकांस्पद बस्तु पनि विप्लव समुहले राखेको हुनसक्ने आशंका प्रहरीको छ । यस्ता शकांस्पद बस्तु भेटिए प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

आजको नेपाल बन्दलाई लक्षित गरि प्युठान प्रहरीले सुरक्षा सर्तकता वढाएको छ । बन्दलाई सफल पार्न विपल्प समुहले संकास्पद बस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाईएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताए । आजको आमहडतालले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ । उता नेत्र विक्रम चन्द्र विप्लपले आजको बन्द असफल पार्न खोजेमा कडा प्रतिवादमा उत्रने जनाएको छ ।