काठमाडौं । नेपाल डेण्टल साइन्स हाइजेनिष्ट एशोसिएसनले ‘चौंथो राष्ट्रिय मुख स्वास्थ्य दिवस’ विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
आउँदो चैत ६ गते ९मार्च २०० देखि सप्ताहान्तसम्म मनाइने दिवसको उद्घाटन स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले उद्घाटन गर्नेछन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मुखको स्वास्थ्यबारे जानकारी नहुँदा विभिन्न रोगको संक्रमण देखिने गरेको पाइए पनि सर्वसाधरणलाई मुख र दाँतको सरसफाइको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
शिक्षा, स्वास्थ्य चेतना अभावका कारण नेपालीहरुमा मुखको सरसफाइ दाँतको सफाइ गर्ने बानीको विकास हुन नसक्दा दाँतको समस्या, मुखका घाउ खटिराको समस्या देखिने गरेको छ । यति मात्र होइन खैनी, सुर्ती सेवन गर्ने बानीका कारण मुख, जिब्रोको क्यान्सर समेत हुने गरेको परिप्रेक्ष्यमा गुणस्तरीय जीवनयापनका लागि आवश्यक ज्ञान र चेतना विस्तारका लागि कार्यक्रम गर्न लागिएको हो । एशोसिएसनले वर्षेनी राष्ट्रियस्तरमा विश्व मुख स्वास्थ्य दिवस मनाउँदै आएको छ ।
एशोसिएसनको विभिन्न अध्ययनहरुले मुखको स्वस्थ राख्ने कुरामा हेल्चेक्र्याई गरिंदा विभिन्न स्वास्थ्य समस्या जटिल रुपमा बढ्दै गइरहेको पाइएको छ । मुखको स्वास्थ्य हरेक मानिसको आवश्यकतावोध गराउने र मुख स्वस्थ राख्ने सुविधा र पहुँच ग्रामीण तहसम्मका नागरिकमा पु¥याउन सरकारलाई नीति निर्माणमा बाटो देखाउनका लागि पनि कार्यक्रम आयोजना गरिंदै आएको एशोसिएसनका सचिव एवम् प्रवक्ता डेण्टल हाइजेनिष्ट निमागेल्बु शेर्पाले बताउँछन् ।











प्रतिक्रिया