महिला दुव्र्यवहार आरोपमा उवा संघका अध्यक्ष पक्राउ

0
Shares

बारा ।
एक महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले बाराको सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुसवाहालाई निजगढबाट बुधवार साझ पक्राउ गरेको छ ।

अध्यक्ष कुशवाहालाई एक महिलाको साथमा निजगढ–९ स्थित गुरुङ होटेलको कोठा नम्बर ५ बाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा पठाएको छ । ३९ बर्षिय कुशवाहा सिम्र्र्र्र्रौनगढ नगरपालिकामा राष्ट्रिय जनता पार्टीबाट निर्वाचित उपमेयर रिमाकुमारीकी्र पति र स्थानीय खजानी माविको व्यवस्थापन समितिका पुर्व अध्यक्षसमेत हुन् ।

३२ बर्षीया एक विवाहित महिलालाई यौनदुव्यवहार गर्ने नियतले कुशवाहाले पटकपटक फोन गरी निजगढस्थित होटेलमा बोलाउने गरेको गुनासो गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पिडित महिलाले पतिको सल्लाहमा प्रहरीलाई जानकारी गराएर आफु होटलमा गएको बताएकी छिन ।

टेलिफाेन सम्पर्कको आधारमा महिलासंग भेटघाट गर्न कुशवाहा सिम्र्रौनगढबाट करिव ३० किमी उत्तरमा पर्ने निजगढस्थित होटलमा पुगेका थिए । ‘पिडितले जिल्ला प्रहरीमा केही दिन पहिला उजुरी दिएकी थिइन्,’ प्रहरी उपरिक्षक सानुराम भट्टराइले भने, ‘महिलाले दिएको सुचनाको आधारमा पक्राउ गरिएको छ ।’ घटनाबारे थप छानबिन गरी कुशवाहामाथि कारबाही गरिने उनले बताए । कुसवाहाका परिवारका सदस्यले भनेले षडयन्त्र गरी चरित्र हत्या गर्ने नियतले फसाउन खोजिएको बताएका छन् ।