जिरो किमीमा सुरक्षित सडक बनाइने

0
Shares

चिप्लेढुङ्गा ।
पोखरा महानगरपालिका वडा नं ५ को पहलमा पोखरा –बागलुङ जिरो किलोमिटरको सडकलाई सुरक्षित सडक बनाइने भएको छ । सुरक्षित सडकको मापदण्डलाइ ध्यान दिँदै रोड मेडियन ब्यारियर ९३३ सेन्टिमिटरको उचाइ० निर्माण आजदेखि शुरु गरिएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

नेपालीका अनुसार उक्त सडकमा २५ साङ्केतिक खम्बा राखिने तथा छाडा चौपाया नियन्त्रणलाई तीव्रता दिइने छ । सडक सुरक्षाका लागि ट्राफिक पोष्टलाई थप सक्रिय बनाइने छ । छ लेनको आधुनिक सडकमा बार नहुँदा चालकले जथाभावी तीव्र गतिमा सवारी हाँक्ने, ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजस्तो दुर्घटना हुँदा मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सुरक्षित सडकका लागि पहल गरिएको नेपालीको बताउनु भयो ।

उक्त कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखरासँग आगामी जेठ ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको छ । कुल रु ७६ लाख ४३ हजार ४४ को लागतमा काम सम्पन्न गरिने बताइएको छ ।
रासस