सवारी दुर्घटनामा तीन जनाको मृत्यु

0
Shares

काठमाडौं ।
सप्तरी र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
सप्तरी, सुरुङगा नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गमा को१ ख ४९३४ नम्बरको बसले को।३४ प।६४२५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय रामे पासवान र मोटरसाइकलमा सवार ५० वर्षीय मो।महदुरको घटनास्थलमै मृत्यु भएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, म्याग्दे गाउँपालिका(४ मनहरीस्थित पृथ्वी राजमार्गमा ग१ ख ४८५६ नम्बरको ट्रकले ग।१ प १८६५ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिदा गम्भीर घाइते भएकी स्कुटर सवार २५ वर्षीय प्रतिक्षा भण्डारीको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएका स्कुटर चालक शुक्ला गण्डकी नगरपालिका ५ बस्ने ३५ वर्षीय दुर्गा अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।