ध्यानकुमारले आफ्नै श्रीमतीको हत्या गरे !

0
Shares

खोटाङ ।
जन्तेढुङ्गा गाउँपालिका(५ भिरगाउँ बस्ने ७० वर्षीय ध्यानकुमार राईलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै श्रीमती ६५ वर्षीया रामकुमारी राईको हत्या गरको अभियोगमा पक्राउ गरेको हो ।

घरायसी विवादका कारण ध्यानकुमारले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रामकुमारीको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।