भोजपुरमा बालिका हत्यारालाई जन्क कैद

0
Shares

गणेश विष्ट भोजपुर ।
जिल्ला अदालत भोजपुरले एक जनालाई जन्मकैदेको फैसला गरेको छ । अदालतले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ सालेवाकाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको छ ।

त्यस्तै अदालतले पीडकबाट जाहेरवालालाई १ लाख क्षतिपूर्ति भराई दिने ठहर गरेको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो ।

राईले सोही ठाउँकी नातामा भान्जी पर्नेसँगै सुतेकी ११ वर्षीय बालिका रचना राईलाई गत भाद्र १० गते हत्या गरेका थिए । राईलाई जिल्ला न्यायाधीश हरीश्चन्द्र इङनामको इजलासले बुधबार मलुकी अपराध (संहिता ऐन, २०७४ को भाग ९२) परीच्छेद २८ को दफा २१९ ९३० ९ख० बमोजिम जबरजस्ती करणी उद्योगमा सजाय सुनाएको छ ।

मिलन राईको जाहेरीपछि पीडक राईलाई गत भाद्र १२ गते पक्राउ गरिएको थियो । मृतक बालिका आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएकी थिइन् । बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थनीयले बताएका छन् ।