नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराएका हुन् ।
प्रतिक्रिया