मेयर्स फोरमको बैठक सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
काठमाडौं उपत्यकाका सम्पदा, मँर्त र अमँर्त संस्कृति जोगाउन स्थानीय तहले हस्तक्षेपकारी कार्य गर्नुपर्नेमा जोड दिँदै मयेर्स फोरमको बैठक मंगलबार ललितपुरमा सम्पन्न भयो ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको सो बैठकमा सो बैठकले उपत्यका भित्रका समस्याको समाधान गर्न ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसै गरी बैठकमा भुकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमुर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले जानकारी दिनुभयो ।

सो अवसरमा दोस्रो मेयर्स फोरमको प्रारम्भिक घोषणापत्र प्रस्तुत गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रारम्भिक घोषणापत्र प्रस्तुत गर्दै सम्पदा क्षेत्रमा निर्माण गरिने घर तथा भवनहरुको नक्सा पासमा छुुट दिने लगायत विषय उल्लेख गरिएको छ ।
महानगरपालिकाका उप–प्रमुख गीता सत्याल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई लगायतले मेयरहरुको बैठकले साझा समस्यालाई समाधान गर्न टेवा मिल्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

वैठकमा १४ वटा नगरपालिकाका मेयर, उपमेयर र सम्पदा क्षेत्रको जिम्मेवारी पाएका इञ्जिनियरहरुको समेत सहभागिता थियो।