पार्टीभित्र गुट–उपगुटको अन्त्य हुनुपर्छः महामन्त्री कोईराला

0
Shares

सलिम अन्सारी, प्युठान ।
नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टी्भित्र रहेको गुट( उपगुट अन्त्य हुनुपर्ने बताएका छन।पार्टि्भित्रै देखिएको तिक्तताले आपसी मेलमिलाप नहुँदा पार्टी पछि परेको उल्लेख गर्दै पार्टी एकजुट भए अहिले पनि कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने ठोकुवा गरे।

कांग्रेसले देशमा धेरै काम गरेको बताउँदै उनले अझ बढी काम गर्न पार्टी्भित्रका गुट(उपगुटलाई अन्त्य गर्नुपर्ने जरुरी रहेको औलाए । मंगलबार प्रेस युनियन प्युठानद्धारा जुम्रीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले अहिले पार्टीको भातृसंगठनमा पनि गुटउपगुट मौलाएको भन्दै यसलाई अन्त्य गर्दे एकजुट भएर अघि बढ्न आग्रह गरे।

पार्टीका कार्यकर्ताहरुलाई आफ्नो गुटको नेताले जे भन्छ त्यस्तो नगर्न उनको आग्रह छ । महाधिवेशनपछि पार्टी एकढिक्का भएर अघि बढ्ने उनको बिश्वास छ । नेतृत्वले पार्टी भित्रको गुट्लाई अन्तय गर्न नसक्दा गत निर्वाचनमा पार्टिले हार ब्यहोर्नुपरेको भन्दै आगामी चौधौ अधिबेशन एकताको महाधिबेशन हुने उनले उल्लेख गरे ।

‘कांग्रेस सुध्रन नेतृत्व परिवर्तन हुन जरुरी छ,उनले भने, पार्टि भित्रैको गुटले काँग्रेस कमजोर भएको हो । ’अगुवा कार्यकर्ता प्रशिक्षणका लागी प्युठान आएका नेता कोईरालाले नेपाली कांग्रेस सत्तामा रहँदा लिएका नीतिहरुलाई कार्यान्वयन गर्दै सरकार अगाडी वढेको उनले बताए।

दुई तिहाई बहुमतको कम्युनिष्ट्र सरकारले नया काम गर्न नसकेको कोईरालाको ठहर छ। ‘कांग्रेसले धेरै काम गर्यो, अब अझ बढी काम गर्नुपर्छ’, महामन्त्री कोइरालाले भने, ‘त्यसको लागि पार्टीमा रहेका गुट उप गुटलाई अन्त्य गर्नैपर्छ।’ उनले सरकारको एक बर्षको उपलब्धि शून्य रहेको समेत बताए।

‘सरकारले‘राष्ट्र समृद्ध बनाउने नारा अगाडी वढाएको सरकारले जन अपेक्षा अनुसार काम गर्न सकेन ’उनले भने। ’ आफ्नो पार्टी नेपाली काँग्रेस प्रतिपक्षमा भएपनि सकारात्मक भूमिका खेलेको उनले बताए ।कोईरालाले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग भएको एघार बुँदे सहमतिबारे जनतालाई सरकारले प्रष्ट्राउनुपर्ने माग गरेका छन् ।

सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्या भएको बताउँदै यसले संशयको स्थिति पैदा गरेको हुंदा यसको बारे जनतालाई सरकारले जानकारी गराउनुपर्ने उनले बताएका हुन। सो सहमती बारे सरकार आफै अलमलमा परेको कोईरालाको भनाई छ।