आगलागीमा ३४ लाख ७० हजारको क्षति

0
Shares

काठमाडौं ।
सिराहा, रौतहट, झापा र दाङमा आगलागी हुँदा करिब ३४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिराहा लहान नगरपालिका २२ जहदी बस्ने राधेश्याम चौधरीको छोरीको बिबाहको लागि खाना पकाउने क्रममा ग्याँसबाट आगो सल्किएर मंगलबार बिहान आगलागी हुँदा चौधरी लगायत अन्य ४ जनाको घर र समानहरु जलेर करिब १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट बृन्दावन नगरपालिका ४ सखुअवा बस्ने जयनारायण साहको कुखुरा फर्ममा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा कुखुरा फर्म, कुखुरा १५ सय र सानो चल्ला २ हजार समेत जलेत करिब १३ लाख रुपैयाँ बराबरेको धनमाल नष्ट भएको छ ।

झापा मेची नगरपालिका १३ स्थित सुकुम्बासी टोल बस्ने लौकिस्कु सतारको घर नजिकै बाँस झ्याङमा झारपात डढाउने क्रममा मंगलबार दिउसो घरमा समेत आगलागी भई सोही ठाउँ बस्ने पुष्पा बिकको घर समेत जलेर दुबै जनाको घरमा रहेको अन्नपात, लत्ताकपडा र भाँडावर्तन लगायत जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ बंगलाचुली गाउँपालिका ३ बस्ने ३६ वर्षीय टंकबहादुर महराको कच्ची घरमा मंगलबार बिहान खाना पकाउने क्रममा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।