संघनायक भिक्षु अश्वघोषको स्वास्थ्य गम्भीर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालका संघनायक भिक्षु अश्वघोष महास्थविरको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको छ ।
हाल टोखास्थित ग्राण्ड इन्टरनेसनल हस्पिटलको हाई उपचार युनिकटमा उपचार गराईराख्नुभएका भिक्षुको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउ“छन् ।

भिक्षुमा रक्तचाप कम, मृर्गौला र मुटुमा समस्या र कलेजोमा पानी जमेको उपचारमा संलग्न चिकित्सक अमित गौलीले जानकारी दिनुभयो ।

तीन साता झाडा पखाला लागेर अस्पताल जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचार गराउनुभएको थियो । भिक्षुको स्वास्थ्यस्थित क्रमशः गम्भीर बन्दै गएपछि एक साता अघि ग्राण्ड अस्पतालमा लगिएको थियो । ९३ वर्षीय भिक्षुको स्वास्थ्य कहिले सुधार हुने कहिले गम्भीर हुने क्रम चलिरहेको चिकित्सकहरु बताउ“छन् ।

चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाका सदस्य हुनुहुन्थ्यो । त्यसैगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हु“दा उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो ।भिक्षुका करिब डेढ सय पुस्तक प्रकाशित भइसकेको छ । उहा“ नेपालमा भिक्षु संघको तालिमको अवधारणा भित्र्याउनुहुने पहिलो भिक्षु पनि हुनुहुन्छ ।