आगलागीमा करिब २२ लाख २५ हजारको क्षति

0
Shares

काठमाडौं ।
धनुषा, झापा,बाँके, सिराहा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ, सर्लाही, र बारामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब २२ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ भने धनुषामा आगलागीमा परी १ जनाको मृत्यु भएको छ ।

धनुषा, बिदेह नगरपालिका ५ मुडिबा बस्ने श्रीचन महराको घरमा आइतबार साँझ आगलागी हुँदा उक्त आगलागीमा परी गम्भीर घाइते भएकी उनको श्रीमती ३० वर्षीया रुसा देवि महराको जनकपुर अंचल अस्पतालमा सोमवार राति उपचारको क्रममा मृत्यु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

झापा, कचनकवल गाउँपालिका ५ बस्ने ४० वर्षिया भारती देवी यादवले खाना पकाउने क्रममा ग्याँस लिक भई सोमबार राति आगलागी हुँदा उक्त आगलगीमा परी भारती देवी यादव समेत ४ जना घाइते भएका छन । घाइते ४ जनालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

बाँके, नरैनापुर गाउँपालिका २ मिया पुरुवा बस्ने मुस्तफा खाँको कच्ची घरमा सोमबार दिउसो आगलागी हुँदा उक्त आगलागीबाट मुस्तफा खाँ समेत २ जनाको २ वटा घर पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिराहा, सिराहा नगरपालिका ८ बस्ने चन्देश्वर महासेठको घरमा सोमबार दिउसो आगलागी हुँदा करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका ६ बस्ने संजिव लामाको १ तले कच्ची घरमा सोमबार दिउसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, राक्सिराङ् गाउँपालिका ३ लावती बाबु लाल स्याङ्तानको १ तले कच्ची घरमा बिद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ७ लाख बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, बिराटनगर महानगरपालिका १७ बस्ने निराज प्रधानको १ तले कच्ची घरमा सोमबार साँझ बिद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका ७ स्थित उपेन्द्र चौधरीको खाली कुखरा फार्ममा सोमबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, कलैया उपमहानगरपालिका १ स्थित तइब मिया ठकुराईको जनरल स्टोरमा सोमबार राति बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।