अवैध लागूऔषधसहित तीन जना पक्राउ

0
Shares

काठमाडौं ।
प््रहरुलिे अवैध पोल्याण्ड लागूऔषध पोल्याण्ड सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा ताकुकोट गाउँपालिका(२ घर भई डल्लु बस्ने २६ वर्षीय एलिया मगर, सोलुखुम्बु गोली गाउँपालिका(७ घर भई हलचोक बस्ने २३ वर्षीय छिरिङ तेन्दु शेर्पा र उदयपुर घर भई रानीवन बस्ने २० वर्षीय प्रशान्त विष्ट रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले विभिन्न ११ स्थानमा चेक प्वाईण्ट राखी आकस्मिक कर्डन एण्ड सर्च गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी सोमबार पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।