स्याड्जा–काठमाडौं सम्पर्क समिति अस्कल क्याम्पसमा भुसाल

0
Shares

स्याङ्जा ।
काठमाडौ (नेस) । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याड्जा–काठमाण्डौं सम्पर्क समिति अमृत साइन्स (अस्कल) क्याम्पसले पद्मा भुसाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

स्याङ्जा घर भई काठमाडौंको अस्कल क्याम्पसमा अध्ययनरत नेविसंघमा आस्था राख्ने विधार्थीहरुको सोमबारको भेलाले भुसाललाई अध्यक्षमा चयन गरेको नेविसंघ स्याङ्जा – काठमाण्डौं सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्री जानकारी दिनुभयो ।

अध्यक्षले समितिका पदाधिकारी तथा सदस्यहरु चयन गर्नुहुनेछ । समितिले स्याङ्जाली विद्यार्थीका लागिमात्र नभएर सबै विद्यार्थीको पक्षमा काम गर्ने जनाएको छ ।

सम्पर्क समितिका निवर्तमान सभापति दिपकप्रसाद न्यौपाने , उपाध्यक्ष सन्देण खाँण , सरस्वती बहुमुखी क्याम्पसका नेविसंघ ईकाई सभापति चन्द्र रोका, अस्कल क्याम्पस सचिव पुरन रोकाय सुदामा लगायतले नयाँ अध्यक्ष र बन्ने कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।