स्वतन्त्र मधेश संगठनलाई सरकारले बढि सम्मान गरेको प्रति अध्यक्ष थापाको आपत्ति

0
Shares

यमलाल भुसाल, बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिके राउतसंग सरकारले गरेको सहमतिले देशलाइ कालान्तरमा दुर्घटनामा फसाउने दाबि गर्नु भएको छ ।

‘दस्ताबेजका बुदाँहरु सरल ढंगले लेख्न सकिन्थ्यो,लुकाएर,छिपाएर,रहस्यमय ,छलछाम,जाँलझेल र अमुर्त ढंगले लेखिएको छ’ उहाले भन्नुभयो ।

मंगलवार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेशमा सिके राउत पुग्दा नाराबाजी,झण्डा प्रयोग हुदाँ सरकार मुक्दर्शक बनेको भन्दै पूर्व उपप्रधान मन्त्री समेत रहनु भएका थापाले स्वतन्त्र मधेश संगठनलाई सरकारले बढि सम्मान गरेकोप्रति आपत्ती जनाउनुभयो ।

‘देशमा सानै भएपनि बिखण्डनकारी तत्व सल्बलाए,आफैमा बिरोधाभाष ,अमुर्त, बिबादित र रहस्यमय छ ’, तत्कालिन माओबादीपनि सानै थियो,यो मुद्धा बेलैमा नटुंगाए कालान्तरमा द्वन्द्व हुनसक्छ । , सरकारले सिकेलाइ कारबाही गर्नुपर्छ ।

नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबि गनुभयो । सरकारका गतिबिधिप्रति जनता निरास भएको उहाँको तर्क छ ।