समाचारपत्रका वरिष्ठ सह–सम्पादक ढकाल पुरस्कृत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
प्याब्सनले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक एवं शिक्षा पत्रकारर संजाल नेपाल (इजोन)का सल्लाहकार ईश्वरराज ढकाललाई प्याब्सन शिक्षा पत्रकार पुरस्कारबाट सम्मान गरेको छ । ढकाल संगै इजोनका अध्यक्ष एवं गोरखापत्रका पत्रकार प्रकृति अधिकारी र राजन शर्मालाई सम्मान गरेको छ । शिक्षा पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत तीन जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

प्याब्सनले पहिलो पटक शिक्षा पत्रकारीता पुरस्कार प्रदान गरेको हो । १४ औ महाअधिवेशनमा सभामुख कृष्णबहादुर महरा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोररेलले सम्मान गर्नुभएको थियो ।

त्यस्तै नेपाल विद्युत प्राविकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई रत्नज्योति सम्मान, प्याब्सनका वरिष्ठ सल्लाहकार एवं सांसद उमेश श्रेष्ठलाई प्याब्सन गौरब सम्मान, उपप्राध्यापक एवं साहित्कार देवी घिमिरे, दुई विद्यार्थी ऐन्जीला तिवारी र सुदिशा खड्कालाई हरिहर शास्त्री शैक्षिक पुरस्कार प्रदान गरिएको थियो ।

प्रमिला सिह, सावित्री पराजुली, धवलशम्सेर जवरा, सुरेन्द्य्र सिटौला, नारायणप्रसाद सिग्देल, विकल शेरचन, अर्जुन शम्शेर जबरा, निमा लामा, सानु घिमिरे र प्याब्सनका कर्मचारी धनबहादुर लिम्बुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै १८ जनालाई प्रेसिडेन्ट अवार्ड, १४ जिल्ला कार्यसमितिलाई उत्कृष्ठ जिल्ला प्रशंसा पत्र प्रदान गरीएको थियो ।