मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।

घटनाबारे थप विवरण आउन वांकी छ ।