सरकार संविधानको मर्म विपरीत चल्न थालेको भट्टराईको आरोप

0
Shares

राजविराज ।
नयाँ शक्ति पार्टी का संयोजक तथा पुर्व प्रधानमन्त्री डा. वावुराम भट्टराईले सरकार संविधानको मर्म विपरीत चल्न थालेको आरोप लगाएका छन् । सरकारमा स्थानीय तह र प्रदेशको अधिकार खैचिने प्रवृत्ति देखिएको उनको आरोप छ ।

‘संविधानमा स्थानीय तह, प्रदेश र केन्द्रका आ–आफना अधिकार तोकिएका छन्, तर कानुन वनाउने क्रममा सरकार संघियताप्रति त्यति प्रतिवद्ध देखिएको छैन’ उनले भने–‘प्रदेश र स्थानीय तहका अधिकारहरु केन्द्रमा नै खैचेर राख्ने प्रवृत्ति देखिएको छ, यो संघियताको मर्म विपरीत हो ।’

सुरक्षा सम्वन्धि ऐनले सिडिओलाई केन्द्र मातहत राखेको र प्रदेशलाई भन्दा पनि वढि अधिकार दिएको भन्दै उनले त्यो संघियताको मर्म विपरित भएको तर्क गरे । अन्य ऐन पनि केन्द्रलाई नै वलियो वनाउने दिशातर्फ गईरहेको भट्टराईले वताए । ‘प्रदेश र स्थानीय तहले ठिक ढंगले अधिकार प्रयोग गर्न पाएका छैनन् । राजश्व वाँडफाँडमा पनि प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर वस्नु पर्ने अवस्था छ’ उनले भने–‘यसलाई छिटो सच्याउनु पर्छ र संघियताको मर्म अनुसार स्थानीय तह र प्रदेशलाई वलियो वनाएर जानुपर्छ ।’
स्थानीयतहरु वलियो भए मात्र लोकतन्त्र वलियो हुने भट्टराईले वताए ।

सरकारले ‘काण्डै–काण्ड’ गराएर भ्रष्टाचारलाई चरम सिमामा पु¥याएको भट्टराईको आरोप छ ।
विकास र समृद्धिको छलाङ्ग लगाउनुपर्ने सरकारले काण्डै–काण्ड गराएर भ्रष्टाचार वढाएको उनले आरोप लगाए । ‘सरकारको ध्यान शुसासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नेतिर हुनपथ्र्यो तर, त्यसको उल्टो वाईडवडि काण्ड, वुढिगण्डकी काण्ड, एनसेल काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड लगायतका काण्डै–काण्डमा सरकार फस्यो र भ्रष्टाचारलाई चरम सिमामा पु¥यायो ।’
भट्टराईले न्यायालय सरकारको सेटिङ्गमा चल्न थालेको आरोप पनि लगाए ।

अदातलाई प्रभावमा पारेर एकातर्फ सिके राउतलाई जेल मुक्त गरेको र अर्कोतर्फ रेशम चौधरीसहित ११ जना थारु युवालाई आजिवन कारावासको सजाय सुनाएको भन्दै उनले सरकारको आलोचना गरे ।