हिमपातले छेक्यो गाउँ जाने बाटो

0
Shares

मनाङ ।
पटक पटकको भारी हिमपातका कारण गाउँ जानै पाएनन् मनाङबासी । खेतीपाती र होटल व्यावसाय सुचारु ह्ुने समयमा गाउँ हिडेका मनाङ्गेहरु बाटोमै बस्नुपरेको छ । जाडो यममा अत्यधिक चिसो हुने र चिसो छल्न कै लागि जिल्ला बाहिर जाने र गर्मियाममा गाउँ फर्कने परम्परा रहेको यहाँका मानिसहरु अहिले समयमा घर फर्कन पाएका छैनन् ।

भिषण हिमपातले बाटोघाटो र सवारी साधन आवागमन हुन नसक्दा मंसिरमा जाडो छल्न जिल्ला बाहिर गएका मनाङवासी गाउँ फर्कन सकेका छैनन् ।

विगतका वर्षहरुमा माघको दोस्रो सातामा जिल्ला भित्री सक्ने मनाङ्गेहरु यो वर्ष अहिले सम्म जिल्ला फर्कन सकेका छैनन् । वर्षमा एक सिजन मात्र खेतिपाती हुने यस ठाउँमा खेतिपातीको सिजन शुरु भएपनि हाल सम्मको हिमपातले गर्दा जिल्ला फर्कन सकेका छैनन् ।
हिमपातले कसैलाई छोडेन । सर्वसाधारण केटाकेटी कर्मचारी किसान पशुचौपया खेतिपाती सबै प्रभावित भएको चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले बताए ।

उनका अनुसार खेतीपाति थन्काएर जाडो छल्न जिल्ला बाहिर रहेका मानिसहरु जिल्ला भित्रीएर आप्mनो ब्यावसाय र खेतिपाती धमाधम शुरु हुने बेलामा गाउँघर सुनसान भएको छ । कोहि पहिले नै जिल्ला छाडे , कोहि हिमपात पर्न थालेपछि जिल्ला बाहिरेका उनले भने
माघ १५ भित्र जिल्ला आउने मनाङबासीहरु यस पटक भने फागुनको दोस्र साता सम्म जिल्ला भित्रन सकेका छैनन् ।

अब त सिजन शुरु भयो भनी आवस्यक सामान लिएर आएका मनाङ्गेहरु भारी हिपातका कारण लमजुङ बेसीसहरमा नै अड्किएका छन् । अब त हिउँ पर्न रोकिएला कि भनेर सबै सामानहरु बोकेर काठमान्डौ देखी आयो बेसीसहर आए पछि पुन हिमपातले भरीयो मनाङ भन्ने समाचार आउँछ । सवारी साधान चल्दैन । गाउँमा रहेका मानिस पनि तल झरेका भेटिन्छन् । गाउँ फर्कनै सकिएन ।

गाउँ जाने भनेर हिडेको तिन पटक भयो अझै गाउँ फर्कन सकिएको छैन, पर्यटन व्यावसायी सँघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनका अनुसार पर्यटकको सिजन शुरु सँगै बिदेशी तथा आन्तरीक पर्यटकले खचाखच हुने बेलामा हिमपातले सखाप बनाएको छ । “गाउँका मानिसहरु खेतिपाती र आप्mनो व्यावसायमा व्यास्त हुने अवस्थामा गाउँघर नै सुनसान भएको छ ” उनले भने ।

अहिले मनाङका चार गाउँपालीका मध्ये मनाङ ङिस्याङ र नार्पाभुमि गाउँपालिका सुनसान भएको छ । महिनौ दिनसम्को निरन्तर परेको हिमपातले अलिअली भएका मानिसहरु पनि जिल्ला बाहिरेका प्रमुख जिल्ला अधिकरी रुद्रनाथ देबकोटाले बताए ।

उनका अनुसार जिल्लामा भएका कर्मचारी पनि हिउँ पर्नथाले पछि बिदा लिएर झर्नथालेका छन् । कहिले हिमपात रोकीएला र सहज होला भनेर बस्नु परेको छ । उनले भने ।

उता नार्पा भुमि गाउँपाकिाका कर्मचारीहरु गाउँपालिकामा बस्न नसकेर सदरमुकाम चामे बाट नै गउँपालिकाको कामकाज गरीरहेका छन् भने मनाङ ङिस्याङ गाउँपालीका कर्मचारी बिहिन नै भएको छ । गाउँपालिकाका एकाउन्टेन कृष्ण राज तिमसिनाले बतएका हुन् ।
उनले भने “गाउँमा मानिस नै छैनन्,पालिकामा कुनै काम आउँदैन । हिउँ खाएर कति बस्ने ? सवारी साधन आवगमन छैन । भएको खानेकुरा सबै सकियो के खाएर कसरी बस्ने ? बाँच्नको लागि पनि तल झरेको उनले बताए ।

लामो समय सम्मको हिमपातले सदरमुकाम चामे सम्म पनि सवारी साधन राम्रो सगँ चल्न सकेका छैनन् । माथि मनाङ त सवारी साधन नचलेको झन्डै डेढ महिना भयो गाउँमा कोहि छैनन् । कोहि पहिले नै झरे कोहि हिमपात पर्न थाले पछि झरे हामि त कार्यलय कुरेर बसेका हौँ, उनले भने । उता जिल्ला बाहिर रहेका मनाङबासीहरु समयमा गाउँ फर्कन नपाउँदा चिन्तीत छन् ।

सिजनमा खेतिपाती गर्न नपाउँदा उत्पादन घट्ने र एक पटक उत्पादन हुने खाद्यायन्नले एक बर्ष धन्नु पर्ने भएकाले खराव मौसमले आफुहरु चिन्तीत भएको स्थानिय मिनकासी गुरुङले बताइन् ।

पहिलेको भन्दा पनि गाउँ फर्कने सिजनमा परेको यो पछिल्लो समएको हिमपातले बाटोबाटै फर्काएको छ । कहिले हिउँ पग्लीएला र गाउँ पुगाउँला भएका छन् मनाङबासीहरु हिपातले चिन्तीत देखीन्छन् । अझ कति दिन लाग्ने हो बाटो खुल्न थाह छैन । खेतीपाती गर्न ढिलो भयो ,चामेकी अस्मीता गुरुङले भनिन् ।