काठमाडौं । जिउ दुखेको निको हुने भन्दै जडीबुटी खाँदा धनकुटामा एक जनाको ज्यान गएको छ । परिवारका अन्य पाँच सदस्य बेहोश भएका छन् ।
सडकमा बिक्रीका लागि राखिएको जडीबुटी खाँदा धनकुटा नगरपालिका–९ बेलहराका ६३ वर्षीय माधव प्रधानको मृत्यु भएको हो ।
२७ फागुनको बेलुकी जडीबुटी खाएका सबै बेहोश भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । प्रधानको आज बिहान मृत्यु भएको र अन्य सदस्यको उपचार भइरहेको प्रहरीले बताएको छ ।
बिरामी हुनेमा श्रीमती नरमाया प्रधान (६१), छोरी कविता प्रधान (३१), ज्वाई दिपक प्रधान (३१), नाती कुशल प्रधान (११) र छोरी सीमा प्रधान (३७) रहेका छन् ।
उनीहरुले भेडेटारस्थित पाथिभरा मन्दिर नजिकै बेच्न राखिएको जडिबुटी खाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक सुरज खड्काले बताएका छन् ।
प्रतिक्रिया