काठमाडौ(नेस)।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह गर्न नसकिने बताउनु भएको छ । छुट्टै मधेश राज्यको माग गर्दै आएको सीके राउत समुहसंग भएको सहमति पछि सरकार बिवादमा तानिएपछि प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो ।
राष्ट्रिय सुरक्षा परिषदको १८ बार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा उहांले बिखण्डनबादी सानो भएपनि त्यसले मुलुकभर असर पार्ने भएकाले त्यस्ता समुहलाई राज्यको नियन्त्रणमा ल्याउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो । उहांले भन्नुभयो –पृथक्तवाद सानो भएपनि त्यसले ठुलो असर पार्न सक्छ त्यसैले सरकारले महत्वदिएर नै निस्तेज पारेको दावी गर्नुभयो ।
राष्ट्रिय अखण्डताको बिषयमा जनमत संग्रह हुन नसक्ने दावी गर्दै उहांले यस बिषयमा सरकारले सोच्न पनि सक्दैन यसतर्फ चिन्ता नगर्न उहांले आग्रह गर्नुभयो ।
पृथतावाद अन्त्य हुदा एकथरी मान्छे मुमुरिएको देखेर आफुलाई आश्चर्य लागेको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो –पृथकतावादी समुहलाई निस्तेज पार्दा एकथरी मान्छे पानी बिनाको माछो जस्तो छटपटिएका छन । उनीहरुको अभिष्ट कहिल्यै पुरा हुदैनन ।
उहांले सीके राउतसंग भएको ११ बुदें समजदारीका कारण बिखण्डनवादी समुह मुलधारमा आएको बताउदै पृथकतावादको अन्त्य हुदा केहीलाई टाउको दुखाईको बिषय भएकोमा आफु आश्चर्यमा परेको बताउनुभयो ।
अर्धभूमिगत रुपमा आन्दोलन गर्दै आएको बिप्लव माओवादीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो –अहिले चन्दाको नाममा लुटपाट मच्चाउने समुह क्रियाशील रहेको बताउदै उहांले यस्ता अवान्छित कार्य सरकारकालागि मान्य नहुने समेत बताउनुभयो ।











प्रतिक्रिया