सम्पदा धरापमा पर्ने गरी सडक विस्तार गर्न नहुनेतर्फ भौतिक मन्त्रीको ध्यानाकर्षण

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
प्रदेश ३ का सांसद् राजकाजी महर्जनले प्राचीन बस्ती, सम्पदा नै धरापमा पर्ने गरी सडक विस्तार गर्न नहुनेमा भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराउनुभएको छ ।

गोदावरी नगरपालिकाको तेस्रो स्थापना दिवसको उद्घाटन गर्न मंगलबार बज्रबाराही आउनेक्रममा मन्त्री महासेठलाई सो ध्यानाकर्षण गराइएको हो ।

सांसद् महर्जनले सातदोबाटो हु“दैै गोदावरी जाने सडक खण्डमा विशेषतः हरिसिद्धि, थैब, बा“डेगाउ“मा सडक विस्तारबाट सम्पदा र बस्ती नै धराप पर्ने अवस्थाप्रति संवेदनशील बन्न आग्रह गर्नुभयो । ‘कतै मुआब्जा दिएर त कतै वैकल्पिक सडक खण्ड बनाएर अघि बढ्नुपर्ने खा“चो छ ।’ सांसद् महर्जनले भन्नुभयो ‘तर मुआब्जा चलनचल्तिको भाउमा दिनुपर्दछ ।’

मन्त्रालयले सातदोबाटो, हात्तिवन, हरिसिद्धि, थैब र बा“डेगाउ“ सडक खण्डको स्तरोन्नितिका लागि एक अरब बजेट विनियोजित गरेको छ । ‘बजेट विनियोजित गर्दा मन्त्रालयले सम्पदा क्षेत्र अतिक्रमणमा पर्ने, मुआब्जा रकम कम भएको सम्बन्धमा ध्यान पु¥याइएन ’ सांस्द महर्जनले भन्नुभयो ।त्यसैगरी सातदोबाटो चापागाउ“ सडक खण्डमा पर्ने सुनागुठी, ठेचो र चापागाउ“मा पनि त्यस्तै समस्या रहेको उल्लेख गर्दै सांसद् महर्जनले सडक विस्तार गर्दै पुरात्तात्विक क्षेत्रमा वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिनुभयो ।

नया“ बस्तीहरुमा उचित मुआब्जा दिएर सडक विस्तार गर्दै केही स्थानमाहरु वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दि“दै सांसद् महर्जनले भन्नुभयो ‘ राज्य सडकको लागि अरबौ बजेट विनियोजित गर्ने र अनि उचित भाउमा मुआब्जा दिन सक्दैन भन्ने ? यस्तो भन्न मिल्छ र ?’ अहिले सो सडक खण्डमा निकै हिड्न नसकिने गरी धुलो उड्ने र सयौ खाल्डाखुल्डी छन् ।

अहिले ललितपुरमा विभिन्न सडक खण्डको स्तरोन्निति, विस्तारको लागि झन्डै ५ अरबको बजेट विनियोजित गरिएको छ ।सडक विस्तार गर्न उचित मुआब्जा दिनुपर्ने र ऐतिहासिक ढुंगेधारा, देवालय, शिवालय र चैत्य पर्ने स्थानमा वैकल्पिक बाटो अपनाउनुपर्ने माग गर्दै स्थानीयले गरेपछि सो कार्य अघि बढ्न सकेको छैन ।
सो अवसरमा मन्त्री महासेठले स्थानीय सरोकारवालासंग छलफल गरेर उचित मुआब्जा दिन मन्त्रालय तयार रहेको बताउनुभयो । उहा“ले विकासमा अवरोध गर्न नहुने भन्दै सडक खण्डको लागि विनियोजित बजेट फ्रिज हुने अवस्था आउन दिन नहुने बताउनुभयो ।
सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांस्द नवराज सिलवालले विकासको लागि आएको स्रोत संघ, प्रदेश र स्थानीय तह मिलेर खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकालाई पर्यटकीय गन्तव्य र यहा“को कृषिको सम्भावना र भौतिक पूर्वाधार निर्माणमा दुत्त गतिले काम भइरहेको बताउनुभयो ।उहा“ले नगरको सन्तुलित विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, पूर्व सांसद् सुशीला नेपाल,नेकपाका जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार,नगरपालिकाका उपप्रमुख मुना अधिकारी, नेपाली का“ग्रेसका पुरुषोत्तम सिलवाल लगायतले संघ, प्रदेश र स्थानीय तीन तिर नभई समन्वय गरेर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।भर्खरै बनेको नगरपालिकामा अन्य सम्भावनालाई मूर्त रुप दिन पनि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने पनि उनीहरुको जोड रहेको छ ।