१० वर्षीया बालिकामाथि बलात्कार आरोपी पक्राउ

0
Shares

गणेश विष्ट, भोजपुर ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिका बलात्कारको आरोपमा १ जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखुका ५६ वर्षीय सतीमान राईलाई पक्राउ गरेको हो ।

राईले गत २४ गते सोहि ठाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेका थिए । राईलाई पिडित बालिकाको परीवारको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनु भयो । राईलाई जिल्ला अदालत भोजपुर बाट ७ दिनको म्याद थपेर अन्सन्धान सुरु गरेको प्रहरीको भनाई छ ।