कठमाडौ । बिगत दुइ बर्ष देखि प्रारंभ गरिएको चक्रपथ सफाई अभियान एक सय हप्ता पुगेको छ । प्रत्येक हप्ताको शनिबार बिहान दुइ घण्टा सफाइ अभियान हुने गरेको छ ।
सफाइ अभियान प्रारंम्भ भएको एक सय हप्ता पुग्दा सम्म चmक्रपथको सफाईमा निकै परिबर्तन भएको छ । चत्रपथ सफाई अभियान संचालन भएको एक सय हप्ता पुगेको उपलक्ष्यमा आयोजित बिशेष कार्यक्रममा बन तथा बाताबरण मन्त्री शक्ति बस्नेत ,नेपाली काग्रेसका नेता अर्जुननरसिह केसी, नेकपाका नेता एवं सांसद शेरबहादुर तामाङले बिगत दुइ बर्ष अगाडि देखिको चक्रपथको फोहर र अहिलेको चक्रपथको अनुहार फेरिएको बताउनुभएको छ ।
चक्रपथ सफाई अभियानका संयोजक लोकबहादुर टण्डनको अध्यक्षतामा भएको बिशेष कार्यक्रममा बाताबरण मन्त्री बस्नेतले सडकमा फोहर फाल्नेलाई कडा कारबाही गर्ने र फोहर फाल्ने स्थितिको अन्त गरी आफनो घरको अगाडि आफै सफा गर्नुपर्ने गरी सरकारले नयां ऐन ल्याउन लागेको जानकारी गराउनुभएको छ ।
सफाइ अभियानमा निरन्तर खटिने नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नागरिक समाज , बिभिन्न क्लब , फोहरमैला ब्यबस्थापन संबन्धी बिभिन्न निकाय , पत्रकार , कलाकार , ब्यबसायी लगायतलाई सम्मान गरिएको थियो ।
बिशेष कार्यक्रममा लोकप्रिय गायिका मञ्जु पौडेल , लोक्िरप्रय गायक तिलक बस्नेत , बरिष्ठ पत्रकार टंक पन्त, बागमति सफाई अभियानता किशोर थापा , भुपाल आचार्य , रेनुका गुरुङ, , भुपाल आचार्य , केपी खनालले चmत्रपथ नागरिक स्तरमा भएको चक्रपथ सफाई अभियानलाई आगामी दिनमा राज्यले अपनत्व लिनुपर्ने कुरामा जोड दिएका थिए ।











प्रतिक्रिया