सीताराम अधिकारी, धादिङ । धादिङको गजुरीबाट एक सय ५ किलोग्राम चरेसह सहित प्रहरीले आइतबार बिहान तिन जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागुऔषध बरामदसंगै प्रहरीले अनौठो र तस्करीको नयाँ तरिका अपनाएको खुलासा गरेको छ ।
बिरगंज काठमाडौ रुटमा चल्ने बस शनिबार बेलुका विवाहको लागि रिजर्भ छ भन्दै खाली गाडीमा एक व्यपारी, गाडी चालक र सहचालक काठमाडौतर्फ आएका थिए । धादिङको गजुरी स्थित इलाका प्रहरी कार्यालय पार गरेपछि पोखरेखोला क्षेत्रमा आएर बस फकाएर राखिएको थियो बजार बासीले किन बस फर्कायो त्यसतर्फ ध्यान दिएनन् तर राती जब बसमा केही मानिस आएर केही बोराहरु हालेपछि मात्र बजार बासीमध्ये केहीले संका गरेका थिए ।
तर के होला भन्ने कसैले अनुमान गरेका थिएनन् । प्रहरीको गस्ती टोली हिड्दा बस सडक छेउमा रोकिएको देखेका थिए । प्रहरीलाई राती सूचना आयो यात्रु बोक्ने बसले चरेस ओसारेर ल्याउँदै छ भन्ने जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र गजुरी स्थित इलाका प्रहरी कार्यालयको टोली परिचालन गरिएको थियो । रातीको समयभएपनि प्रहरीले सडकमा चेकजाँच गर्ने क्रममा गजुरीमा ठूलो मात्रामा सो लागुऔषध बरामद गरेको हो ।
काठमाडौबाट विरगंञ्ज तर्फ जान लागेको ना ५ ख २८१२ नम्बरको चेन्नई एक्सप्रेस बसमा लुकाइ छिपाइ लान लागिएको अवस्थामा सो चरेश बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नबराज ढुंगेलले बताउनुभयो ।
पक्राउ पर्नेमा बस चालक विरगञ्ज उपहानगरपालिका वडा न.ं ८ का लालबहादुर शाह, बारा जिल्ला कर्मैयामाइ गाउँपालिका वडा न.ं ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका वडा न.ं ३ का श्रीराम साह कानु रहेका छन् । उनिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरी स्थित पृथ्वीराजमार्गमा चेक जाँचको क्रममा पक्राउ गरिएको थियो ।
यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अबैध प्रतिबन्धीत लागु औषध गाडीमा हालेर ल्याइएको थियो ।











प्रतिक्रिया