नेपाल भ्रमण वर्ष सफल बनाउन ठूला पूर्वाधारमा जोड दिनुपर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठँला पँर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाले बताएका छन् । सरकारका मन्त्री, कँटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका हुन् ।

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पँर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० लक्षित कार्यक्रमले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पु¥याउने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा सचिव सापकोटाको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदँत मञ्जित सिंह पुरीले अन्तर्देशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । उहाँले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताउनुभयो ।

भ्रमण वर्षलाई सफल बनाउनका लागि पँर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तीव्रतालाई रातदँत पुरीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पँर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सँचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीले महत्वपँर्ण भँमिका खेल्ने बताउनुभो ।
आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्यँन भएको बताउनुभयो ।