पूर्वाधार विकास कार्यालयलाई सडकहरु हस्तान्तरण

0
Shares

विनोदसिंह विष्ट, बैतडी
सडक डिभिजन कार्यालय पाटन बैतडी मार्फत निर्माण भईरहेका सडकहरु पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्रादेशिक सडकहरु प्रदेश सरकारले निर्माण गर्ने भएपछि बैतडीको पाटन ÷पञ्चेश्वर सडक, सिल्लेगडा, कटौजपानी, देथला सडक र दार्चुलाको पारीबगड खण्डेश्वरी सडक पूर्वाधार विकास कार्यालय मातहत आएका हुन् ।

यसअघि संघीय सरकारले निर्माण गरिरहेका ती सडकहरु प्रदेश सरकार मातहत आएपछि साउन यता काम हुन सकेको छैन् । केही दिन अघि मात्रै पूर्वाधार विकास कार्यालयलाई सडक हस्तान्तरण भएकाले अब काम थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले जानकारी दिए ।

सडक डिभिजन कार्यालयले हस्तान्तरण गरेका सडकहरुको अवस्था अध्ययनको काम भईरहेको र त्यसपछि काम सुचारु हुने भएका छन् । पाटन पञ्चेश्वर सडकका लागि चालु आर्थिक बर्षमा १० करोड विनियोजन भएको र थप बजेट माग गरिने भएको छ । यस्तै सिल्लेगडा कटौजपानी देथला सडक र दार्चुलाको पारीबगड, खण्डेश्वरी सडकका लागि सवा सवा करोड विनियोजन भएको र ती सडकहरुमा थप बजेट माग गरिने जनाएको छ ।

नयाँ शहर योजना संघीय सरकारले कार्यान्वयन गर्ने
चालु आर्थिक बर्षमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पाटन र साफेंबगर नयाँ शहर योजना फेरी संघीय सरकारले नै कार्यान्वयन गर्ने भएको छ । चालु आर्थिक बर्षदेखि प्रदेश सरकारले कार्यान्वन गर्ने गरि नयाँ शहर योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो तर फेरी संघीय सरकारले उक्त योजना खोसेको हो।

योजना लागु भएको ८ बर्ष वितिसक्दा समेत अहिले सम्म एकिकृत विकास गुरुयोजना बनाउँन बाँकी छ भने झनै चालु बर्षमा स्वामित्व विवाद देखिएपछि थप काम हुन सकेको छैन्। आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसङ्ख्या तथा यातायातको सुगमताको आधारमा सरकारले बीस वर्षीय गुरुयोजना तयार गरी अपाटन र साफेबगरमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको ८ बर्ष सम्म पनि योजना अलपत्र परेको हो। यसै बर्षमा योजनाको स्वामित्व प्रदेश सरकारलाई दिईएकोमा प्रदेशले काम सुरु नगर्दै फेरी साँफे र पाटन नयाँ शहर योजनाका प्रमुख तथा संघीय योजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख सुरेश वाग्लेले अहिले सामान्य काम मात्रै भईरहेको बताए ।

संघीय सरकारले योजना खोसिदिएको छ। जस्ले गर्दा चालु अवस्थामा रहेका कामहरु पनि प्रभावित भएका छन्।