सिर्जना ज्ञानसागरलाई उपाधि


काठमाडौं, (नेस)
दोस्रो लालीगुराँस कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि सिर्जना ज्ञानसागर स्कुलले जितेको छ। शनिबार तारकेश्वर–२ ढकालटारस्थित आयोजक लालीगुराँस विद्यासदनको खेल मैदानमा भएको फाइनल खेलमा सिर्जना ज्ञानसागरले पिसल्यान्ड स्कुललाई १–० गोलले पराजित ग¥यो। एक मात्र गोल पहिलो हाफको १८औं मिनेटमा सुजन पाण्डेले हेडमार्फत् गरेका थिए।

प्रतियोगितामा काठमाडौं शिक्षालयका सुजन लामा उत्कृष्ट खेलाडी घोषित भए। यस्तै पिसल्यान्डका प्रदीप गुरुङ बेस्ट गोलकिपर, ब्राइट हेभनका दावा लामा बेस्ट डिफेन्स, सिर्जना ज्ञानसागरका दिवेश अधिकारी बेस्ट मिडफिल्ड र हिमरश्मीका आशिष तामाङ हाइस्कोरर बने। फेयर प्लेयरको उपाधि काठमाडौं शिक्षालयले प्राप्त ग¥यो।