गोजु काइ कराँते सम्पन्न


काठमाडौं, (नेस)
हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको आठौँ नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७५ सम्पन्न भएको छ। ६ स्वर्ण, १ रजत र १ कास्य पदकसहित चिल्ड्रेन्स मोडेल स्कुलले प्रथम, नवज्ञानभूमिले ४ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित द्वितीय तथा श्री बाँसबारी माविले ३ स्वर्ण, २ रजत र ८ कास्य पदकसहित तृतीय भई ट्रफी चुम्न सफल भए। त्यसै गरी पुरुषतर्फ नेसनल युनाइटेड स्कुलका खेलाडी रिकोन राई तथा महिलातर्फ चाँदबाग स्कुलकी खेलाडी आयुषी अधिकारी उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भए।