आत्मघाती गोलसँगै आर्मी सेमिफाइनलमा

0
Shares

भद्रपुर, (नेस)
विदेशी टोली क्यामरुनको डाफिन्स फुटबल क्लबको एक मात्र आत्मघाती गोलको उपहारसँगै त्रिभुवन आर्मी क्लब जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
यो नतिजासँगै आर्मीले उपाधिका लागि सोमबार आयोजक झापा ११ सँग प्रतिस्पर्धा गर्ने भएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा विभागीय टोलीले डाफिन्सलाई १–० गोल अन्तरले हराएको हो। खेलको दोस्रो हाफमा डाफिन्सले आर्मीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा टोली उपाधि होडबाट पाखा लाग्यो।

खेलको म्यान अफ दी म्याच आर्मीका बिमल पाण्डे घोषित भए। उनले नगद १५ हजार रूपियाँ प्राप्त गरे। १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्नेछ।